तारकेश्वरमा प्रसूति गृहको स्याटेलाइट क्लिनिक


काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) र तारकेश्वबीच स्याटेलाइट क्लिनिक सुचारू गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रसूति गृहका निर्देशक अमिर बाबु श्रेष्ठकाअनुसार तारकेश्वर नगरपालिकामा नियमित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवाको लागि स्याटेलाइट क्लिनिक सुचारु गर्ने सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ ।

प्रसूति गृहका तर्फबाट निर्देशक श्रेष्ठ र तारकेश्वर नगरपालिका तर्फबाट नगरप्रमुख रामेश्वर बोहराबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ