को आउला संगिताले खोक्रो पारेको राप्ती प्रतिष्ठान सम्हाल्न ?


काठमाडौं । सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपतिका लागि आवेदन मागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदको लागि आवेदन माग गरिएको सूचना निकालेको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र सिफारिस समितिको सचिवालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना महाशाखामा आवेदन पेश गर्न उक्त सूचनामा भनिएको छ ।

सूचनामा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ९ को उपदफा २ बमोजिम  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिसम्बन्धी कार्यविधि, २०७८ मा उल्लेखित अनुभव र योग्यतासहित रितपूर्वकको निवेदन माग गरिएको छ । साथै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रभावकारी रुपमा संचालन गर्न तयार गरिएको व्यवसायिक कार्ययोजना (सिलबन्दी ) आवेदकनकर्तासँग मागिएको छ ।

राप्तीकी उपकुलपति डा. संगिता भण्डारीले चुसेर खोक्रो  पारेको प्रतिष्ठान सम्हाल्न को आउँछ भन्ने कुरा चासोको विषय बनेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले त्यो कुराको टुंगो ७ दिन पछाडि लगाउने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ