ओमिक्रोन’ लक्षित खोप बन्दै


काठमाडौं ।  एष्ट्राजेनेकाले  कम्पनीले कोभिड १९ को नयाँ ओमिक्रोन भेरिएन्ट रोकथाम तथा नियन्त्रण गर्न सक्ने खोप बनाउने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाअनुसार ओमिक्रोनविरुद्ध जुध्न सक्ने खालको खोप एष्ट्राजेनेका कम्पनीले उत्पादन गर्न  तयारी थालेको हो ।

एष्ट्राजेनिकाले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर संयुक्तरुपमा खोप उत्पादनको काम गरिरहेको कम्पनीले जनाएको छ ।  सन् २०२२ को सुरुवातसम्ममा ओमिक्रोनविरुद्ध खोप तयार गरिसक्ने लक्ष्य एष्ट्राजेनिकाको रहेको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ