कांग्रेसका उम्मेदवार उपप्राध्यापक गुरागाईंको राजीनामा, अन्यलाई उन्मुक्ति !


काठमाडौं । नेपाली कांग्रेसका १४ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेको सरस्वती बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोदहरि गुरागाईंले राजीनामा दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलमा संलग्न पदाधिकारी, शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने तयारी थालेको छ । राजनीतिक दलमा संलग्न भएको प्रमाणित भए विभागीय कारबाही गर्ने तयारी थालिरहेका बेला कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार  उपप्राध्यापक गुरागाईंले राजीनामा दिएका हुन् ।

यता माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका रेक्टर डा. निरेश थापा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत चिकित्सक डा. मधुर बस्नेतमाथि भने कुनै कारबाही हुन सकेको छैन । उनीहरूले राज्यबाट सेवा सुविधा लिइरहेका छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत झलक शर्मा गौतम, जनस्वास्थ्य निरीक्षक भवानी दाहाल एमालेको महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी भएपनि उनीहरूमाथि पनि कारबाही भएको छैन । उनीहरूमाथि कि राजीनामा दिने कि कारबाही भोग्ने दुईवटा मात्र विकल्प देखिन्छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ