५० लाख सिरिन्ज आयोः फाइजर खोप संचालन हुने


काठमाडौं । देशमा उत्पन्न भएको सिरिन्ज संकट केही समाधान हुने भएको छ । विश्वमा कोरोना खोपका लागि प्रयोग गरिने सिरिन्ज अभाव भएपछि नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको थियो ।

सिरिन्ज अभावले बालबालिकालाई लगाउने फाइजर खोप सहरमा चल्न सकेको छैन । खोपको म्याद थोरै भएपनि सिरिन्ज अभावले समस्या भएको थियो । ० दशमलब ५ एमएलको ५० लाख सिरिन्ज उपलब्ध भएसँगै केही समय सहज रुपमा खोप अभियान संचालन हुने छ ।

खोपको भण्डारण ठुलो मात्रामा भएको तर, सिरिन्ज अभावले अपेक्षा अनुसार प्रयोग हुन सकेको थिएन । शुक्रबार युनिसेफको अनुदानमार्फत ५० लाख सिरिन्ज प्राप्त भएको छ । उक्त सिरिन्ज भोली नै सम्बन्धीत क्षेत्रमा पठाएर खोप अभियानलाई तिब्रता दिने व्यवस्थापन महाशाखा प्रमुख डा रुद्र प्रसाद मरासिनीले बताए ।

डा मरासिनीका अनुसार ५० लाख सिरिन्ज खरिद प्रक्रिया विभागले पनि अगाडी बढाएको छ । थप सोही मात्रामा खरिद गर्ने छ । त्यस्तै युनिसेफले कोभ्याक्स सुबिधा मार्फत साढे ६ लाख दिने उक्त सिरिन्ज कलकत्ता आइसकेको जानकारी प्राप्त भएको छ ।

युनिसेफमार्फत सरकारले खरिद गरेको ६० लाख जनवरी अन्तिम सम्म आउने छ । चीन सरकारले दिने २० लाख जनवरीभित्र आइपुग्ने छ । यता युएसएडले दिने २० लाख प्रक्रियामा रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ