जिल्ला अस्पतालको शल्यक्रिया कक्ष !
काठमाडौं । सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनेको छ । उक्त फोटोमा लेखिएको छ, ‘बाजुरा जिल्ला अस्पताल, शल्यक्रिया कक्ष ।’,
फोटोमा देखिएको बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष झट्ट हेर्दा पत्याउनै मुस्किल पर्छ । तर यो फोटोले नेपालको सुदूरपश्चिम तथा आसपासको क्षेत्रमा स्वास्थ्य सेवाको अवस्थालाई यथार्थ चित्रण गरेको छ ।
नेपालमा अझै पनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पूर्वाधारको अवस्था हेर्दा बिजोग देखिन्छ । यो स्वास्थ्य पूर्वाधारमा होइन जनशक्तिमा पनि लागू हुन्छ ।
जे होस् सामाजिक सञ्जालमा भाइरल भएको जिल्ला अस्पताल बाजुराको शल्यक्रिया कक्ष लेखिएको फोटोले सिंहदरबार र रामशाहपथमा बस्नेलाई गिज्याइरहेको छ । समाजिक सञ्जालमा भाइरल त्यो ठाउँमा बिरामी मान्छेको होइन कुखुराको शल्यक्रिया गर्न उपयुक्त देखिन्छ !
क्याटेगोरी : प्रदेश, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस