प्रधानन्यायाधीश जबराको सम्पत्ति खोज्दै डा. केसी


काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति खोज्ने भएका छन् ।

उनले भोलि १ बजे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोकमा पुगेर प्रधानन्यायाधीश जबराको सम्पत्ति जाँचबुझ गर्न ध्यानाकर्षण गराउने भएका हुन् ।

प्रधानन्यायाधीश जबराको भ्रष्ट आचरणबारे व्याप्त सूचनाअनुसार उनको परिवारको धन आर्जनको गम्भीर जाँचबुझ गर्न डा. केसीको अगुवाईमा बृहत् नागरिक आन्दोलनले भोलि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको उनका सहयोगी प्रीतम सुवेदीले जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ