शुक्रराज र कन्तिबाल अस्पतालमा भएको अनियमितता छानबिन गर्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

मन्त्रालयमा भएको अमिल्दो पदस्थापना तथा सरुवा संशोधन गर्न माग


काठमाडौं । नेपाल निजामती कर्मचारी यूनियन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय समितिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालमा भएको अनियमितता छानबिन गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडाको  ध्यानाकर्षण गराएको छ ।

युनियनका अध्यक्ष वीरबहादुर रावलको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाउँदै मन्त्री खतिवडासमक्ष उक्त विषयमा ध्यानाकर्षण गराएको हो ।

युनियनले बुझाएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य तथा जनसंख्याबाट भएको शाखा परिवर्तन तथा पदस्थापना आस्थाका आधारमा भएको देखिन गएको हुँदा निमिलेको विषयमा संशोधन गरियोस भन्ने उल्लेख छ ।

नेपाल निजामती कर्मचारी युनियन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय कार्य समितिले यसै गरी आगामी दिनमा स्वास्थ्यको क्षेत्रमा काम गर्ने कर्मचारीलाई आस्थाका आधारमा भेदभाव गरिएमा विरोधका कार्यक्रम संचालन गर्न बाध्य हुने स्वास्थ्यमन्त्री विरोध खतिवडालाई चेतावनी समेत दिएको छ ।

युनियनका अध्यक्ष रावलले आफूहरुको मागमा स्वास्थ्यमन्त्री खतिवडा सकारात्मक रहेको प्रतिक्रिया दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ