५ लाख प्रति दिन, १५ दिन अभियान सुरु


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिन सम्म दैनिक ५ लाखकादरले खोप लगाउने अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या सचिव डा रोशन पोखरेलले ५ लाख खोप प्रति दिन १५ दिन अभियान सुरु भएको बताए ।

मन्त्रालयले यसलाई नाराकै रुपमा अगाडी सारेको छ । आजको आवश्यकता दैनिक ५ लाख खोप संचालन हुनुपर्ने हो । तर, दिनमा साढे दुई लाख भन्दा बढी खोप चल्न सकेको थिएन । देशमा १ करोड २० लाख बढी कोरोना बिरुद्धको खोप मौज्दात रहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिनमा साढे दुई लाख भन्दा बढी खोप चल्न नसके पछि उक्त नारा अगाडी सारिएको हो । नारा सुरु गरेको पहिलो दिन नै ५ लाख ६८ हजार ३ सय १९ जनाले खोप लगाएका छन् । यो हाल सम्मकै सर्वाधिक संख्या हो ।

उल्लेख्य मात्रामा खोप लगाएपछि स्वास्थ्य सचिव डा पोखरेलले देश भरका स्वास्थ्यकर्मी ततथा सहयोगीहरुलाई धन्यवाद दिएका छन् । उनले खुलेर खोप अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ