जनगणनाले खुलायो मातृ मृत्यु

एक वर्षमा ७ हजार आमा र १२ सयको बच्चा जन्मिने क्रममा मृत्यु


काठमाडौं ।  एक वर्ष अर्थात ३ सय ६५ दिनमा करिब ७ हजार आमाहरुको मृत्यु भएको पाइएको छ । १२ औं राष्ट्रिय जनगणनासँगै पहिलो पटक मातृ मृत्यु पत्ता लगाउन अवलोकन गरिएको थियो ।

स्वास्थ्य लाइभलाई उपलब्ध भएको प्रारम्भिक विवरणअनुसार एक वर्षमा ६ हजार ९ सय ३१ जना आमाको मृत्यु भएको छ । साथै मृत्यु भएका मध्ये १ हजार १ सय ८६ जनाको बच्चा जन्मने क्रममा मृत्यु भएको छ ।

केन्द्रिय तथ्यांक  विभागका एक उच्च अधिकारीले भने, ‘यो प्रारम्भिक नतिजा हो अन्तिम नतिजा सम्म पुग्दा केही संख्या घटबढ हुन सक्छ । नेपालमा प्रति जिवित शिशुको जन्ममा २ सय ४९ जना आमाको कुनै न कुनै कारणले मृत्यु हुने गरेको छ ।’,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञको संलग्नतामा मातृ मृत्यु अवलोकन गरिएको थियो । जनगणनाको मुख्य प्रश्नावलीमा ‘गत १२ महिनामा तपाईंको परिवारमा कसैको मृत्यु भएको थियो ?’ भनेर सोधिएको थियो । त्यसमा मृत्यु भएको भए नाम, थर, लिंग, पूरा भएको उमेर, मृत्यु हुनुको मुख्य कारण खुलाइएको थियो ।

मृतक १५ वर्षदेखि ४९ वर्षको महिला भए मृत्यु हुँदाको अवस्था कस्तो थियो भन्नेबारे स्पष्ट जानकारी लिएको थियो । जसको मुख्य उदेश्य नेपालको प्रजनन तथा प्रसूति जटिलताबारे स्पष्ट पार्ने ठानिएको छ ।

‘मन्त्रालयका एक जना अधिकारीले भने, ‘हामीले एक वर्षमा २२ सयको मृत्यु भएको रिर्पोट आउने अनुमान गरेका थियौं । तर, हामीले अपेक्षा गरेको भन्दा कम अर्थात करिब १२ सय आएको छ ।’, अधिकारीहरुले यसलाई निकै उपलब्धीका रुपमा हेरेका छन् । हाल सम्मका अध्ययनले बाल मृत्यु र शिशु मृत्यु खुलाए पनि मातृ मृत्यु खुलाइएको छैन । पहिलो पटक जनगणना मार्फत नेपालमा मातृ मृत्यु खुलेको छ ।

मातृ मृत्यु महिला गर्भवती हुँदा वा बच्चा जन्माउने क्रममा वा कारणले हुने मृत्यु हो ।  विश्व स्वास्थ्य सङ्गठनको अनुसार गर्भावस्था र सुत्केरी भएको ४२ दिन (६ हप्ता) सम्मको अवधिमा गर्भवती वा सुत्केरीका कारणबाट हुने मृत्यु नै मातृ मृत्यु हो ।

प्रतिवर्ष प्रति १ लाख जीवित जन्ममा गर्भधान,बच्चा जन्माउदाको जटिलता अथवा सुत्केरी भएको ४२ दिन भित्र प्रसवजन्य व्यथाबाट हुने आमाहरूको मृत्युसंख्या भने मातृ हो । हाल नेपालमा प्रति वर्ष ७ लाख आमाहरु गर्भवती हुने गरेका छन् । जस मध्ये १० प्रतिशत बिभिन्न कारणले खेर जाने गर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ