सुदर्शन नेपालको नेतृत्वमा रेडक्रसको केन्द्रीय तदर्थ समिति


काठमाडौं । सरकाले प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल अध्यक्षतामा उपाध्यक्ष-बिष्णु राज नेपाल र राधा नेपाली तथा महामन्त्री-भुपतीलाल श्रेष्ठलाई बनाएको  छ । त्यस्तै, उपमहामन्त्री-मनोजकुमार थापा, कोषाध्यक्ष-कृष्णगोपाल लागेंजु,  उप-कोषाध्यक्ष-भगवती शर्मा पदाधिकारी रहने गरी केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिकी उपाध्यक्ष नेपाली पेशाले पत्रकार हुन् । अर्का उपाध्यक्ष नेपाल  रेडक्रस सोसाइटी नुवाकोटका पूर्व अध्यक्ष हुन् ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले तीन महिनाको समयसीमा दिएर डा. नेत्रप्रसाद तिम्सिनाको नेतृत्वमा रेडक्रसको केन्द्रीय तदर्थ समितिले डेढ वर्षमा पनि चुनाव गर्न नसकेपछि नेपालको नेतृत्वमा नयाँ तदर्थ समिति गठन गरेको हो ।

समाज कल्याण परिषद् ऐन, ०४९ अनुसार गैरसरकारी संस्था भंग भएको तीन महिनाभित्र नयाँ निर्वाचन गरिनुपर्ने व्यवस्था छ । तर, पटकपटक म्याद थपेर पनि चुनाव गर्न तिम्सिनाको नेतृत्वको तदर्थ समिति असफल भयो । सुरुमा तीन महिनामा काम गर्न नसकेको तदर्थ समितिको पुन: एक वर्ष म्याद थपिएको थियो । थपिएको १ वर्षमा पनि काम गर्न नसकेर औचित्यहीन भइसकेको रेडक्रसको केन्द्रीय तदर्थ समितिको पुन: ६ महिना म्याद थप्न प्रस्ताव अगाडि बढाएको थियो । सरकारले उक्त तदर्थ समिति भंग गरेर नयाँ गठन गरेको हो ।

सरकारले उक्त तदर्थ समिति भंग गर्दै नेपालको नेतृत्वमा नयाँ तदर्थ समिती गठन गरेको हो ।

रेडक्रसको अघिल्लो तदर्थ समितिको म्यान्डेट तीन महिनाभित्र महाधिवेशन गर्ने थियो । त्यसबाहेक रेडक्रसको कानुन बनाउने, संघीय संरचनामा रेडक्रसलाई लैजाने, रेडक्रसको अन्तरिक विधान बनाउने जिम्मेवारी तदर्थ समितिले पाएको थियो ।

नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा गठित ३३ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा डा. विश्वकेशर मास्के र शर्मिला कार्की, महामन्त्रीमा पीताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषाध्यक्षमा होम पाठक रहेका थिए ।  नयाँ कार्यसमितिको म्यान्डेट भने बााहिर आइसकेको छैन ।

 

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ