वीपीका उपकुलपति गिरीले ‘किर्ते’ प्राध्यापक भएको प्रमाणित आफैंले गरे


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ‘किर्ते’ प्राध्यापक लेख्दै आएको आफैंले प्रमाणित गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राध्यापक भएको प्रमाण पेश गर्न निर्देशन दिएपछि उपकुलपति गिरीले ‘नेम प्लेट’ नै फेरेका हुन् ।

गिरीले पहिला आफ्नो ‘नेम प्लेट’मै प्रा.डा. ज्ञानेन्द्र गिरी, उपकुलपति लेख्दै आएका थिए । मन्त्रालयको निर्देशन र प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव वैकुण्ठ अर्याल नेतृत्वको कार्यदलले उपकुलपति डा. गिरीको प्राध्यापकको उपाधिमाथि प्रश्न उठाएपछि उनले ‘नेम प्लेट’ नै हटाएका छन् ।

उनले अहिले डा. ज्ञानेन्द्र गिरी, उकुलपति लेखेको अर्को ‘नेम प्लेट’ राख्न लगाएका हुन् । उपकुलपति गिरीको यो कदमले आफूले लेख्दै आएको उपकुलपतिको उपाधि किर्ते रहेको प्रमाणित गरिदिएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ मा नपाएको ओहदा पाएँ भन्नेलाई एक वर्षदेखि दुई वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ भन्ने प्रस्ट उल्लेख छ ।

यो ‘नेम प्लेट’ काण्डबाटै वीपीका किर्ते प्राध्यापक उपकुलपति डा. गिरीमाथि सीधै भ्रष्टाचार मुद्दा लाग्ने देखिन्छ । तर उपकुलपति गिरीले किर्ते प्राध्यापक लेखेर नपाएको ओहदा पाएँ भन्ने दाबी गरेपनि भ्रष्टाचार मुद्दा दायर हुन सकेको छैन ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ