नारायणहिटीमा बतास समूहको ‘अवैध धन्दा’ रोकियो


काठमाडौं । भारतीय लगानीमा सञ्चालित मणिपाल शिक्षण अस्पताल किन्दा विवादमा आएको बतास समूहलाई  नारायणहिटीमा सरकारले रोकेको छ ।

भारतले अनुदानमा बनाइदिएको पशुपति धर्मशाला समेत होटल सञ्चालन गर्न सफल बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट चलाउन कौडीको भाउमा लिजमा लिन सफल भएको थियो । मणिपालमा विवादासद तरिकाले छिरेको बतास समूह त्यही तरिकाले नारायणहिटीमा पनि प्रवेश गर्न सफल भएको देखिन्छ ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईसँग सेटिङ मिलाएर नारायणहिटीमा व्यापार विस्तार गर्न खोजेको बतास समूहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा रोकिएको मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

बतास समूह र तत्कालीन मन्त्री भट्टराईसँग मिलेमतो गरेर नारायणहिटी जस्तो ऐतिहासिक ठाउँलाई व्यापारिक केन्द्र बनाउन सक्रिय भेषनारायण दाहालले सञ्चार माध्यमतर्फ सोझ्याउँदै उम्कने प्रयास गरेका छन् ।

विवादास्पद तरिकाले मणिपाल मडिकल कलेज हत्याएर सरकारलाई चुनौती दिने बतास समूहले अनुमति नै नलिई नारायणहिटीमा संरचना बनाउन थालेको थियो । त्यो विषय विवादमा आएपछि नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले निर्माण कार्य रोकेको हो ।

बतास समूहसँग मिलमतो गरेर अवैध संरचना निर्माण गर्न दिएका दाहालले आफ्नो गल्ती ढाकछोप गर्न विज्ञप्ति जारी गरेर सञ्चार माध्यमका समाचारले गर्दा विवादमा आएकाले रोक्नु परेको कारण देखाएका छन् । नारायणहिटीलाई व्यापारिकरण गर्न दाहालले चलखेल गर्दै आएको नारायणहिटी दरबार सङ्ग्रहालयका अधिकारीहरुको दाबी छ ।

गुरुयोजनाका नाममा दाहालले नारायणहिटी व्यापारीलाई किस्ताबन्दीमा ‘बेच्ने’ डिजाइन गरिरहेको आरोप लाग्दै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ