२२ महिना पछि बल्ल खोप भण्डारण स्टोरको निमार्ण कार्य सुरु


काठमाडौं । दुई वर्ष भित्र सम्पन्न गर्ने हिसाबले विगत ०७६ फागुन ३० गते खोप भण्डारण स्टोर निर्माण गर्न निर्माण कम्पनीसँग स्वास्थ्य सेवा विभागले सम्झौता गरेको थियो ।

टेकु परिसरभित्रै अत्याधुनिक खोप भण्डारण स्टोर बनाउन ०७६ फागुन ३० गते १२ कम्पनीमध्ये सबैभन्दा कम मूल्य हाल्ने कौशिल बस्नेत /कुँवर जेभी निर्माण कम्पनीसँग सरकारले सम्झौता गरेको थियो । तर, स्वास्थ्य सेवा विभागका कर्मचारीको अवरोधका कारण काम २२ महिना सम्म रोकियो ।

काम रोक्नुको मुख्य उद्देश्य सरकारी कर्मचारीले काम ढिला गर्दा कमिसन पाइन्छकी भन्ने आशा थियो । कोरोना खोप भण्डारण गर्न स्टोर बनाउने तयारी भएपनि खोप लगाइसक्न लाग्दा समेत भवन निमार्णको कार्य सुरु भएको छैन ।

करिब २२ महिना पछि खोप भण्डारण स्टोर निमार्णको कार्य अगाडी बढेको छ । मुख्य गरी स्वास्थ्य सेवा विभागमा प्रशासन र लेखाको आन्तरिक द्वन्द्वले भवन निमार्णको कार्य रोकिएको हो । सम्झौता गरेपनि काम अगाडि बढाउन स्वीकृत नदिँदा अहिले खोप राख्ने ठाउँको चरम अभाव भएको छ ।

अधिकारीहरु भन्छन् , ‘खोप भण्डारण स्टोरको क्षमता कम हुदा लाखौ डोज खोपको गुणस्तरमा कमी आएको अनुमान छ ।’, कौशिल बस्नेत/कुँवर जेभी निर्माण कम्पनीले ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २२ महिना पछि बल्ल जग खन्ने काम सुरु भएको छ ।

स्वास्थ्य सेवा विभागका कर्मचारीहरु कमिसन नपाएपछि सम्झौता स्वीकृत नगर्ने र म्याद गुजारेर रद्ध गराउने पक्षमा देखिएका थिए तर, सफल हुन सकेनन् ।

विभागका अधिकारीहरु भने ढिला हुनुमा केही कानुनी समस्या देखाउँछन् । जे होस् ढिला भएपनि काम अगाडि बढेको छ । यसलाई सकारात्मक रुपमा लिनु पर्छ । एक हप्ताबाट निर्माणको कार्य अगाडि बढेको छ । अब भने केही आशा पलाएको अधिकारीहरूको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ