काेभिडकाे थप डाेज विवाद

परिवार कल्याण महाशाखासँग रिसायाे मन्त्रालय, डा विवेक लालमाथि कारबाहीको तयारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परिवार कल्याण महाशाखाबीच विवाद चुलिएको छ । १९ पुसमा परिवार कल्याण महाशाखाले काेभिड- १९ काे थप मात्रा सुरु गर्ने निर्णय गरेकाे थियाे । तर, सल्लाह बिना क्षेत्राधिकार मिचेर महाशाखाका पदाधिकारी जान्ने भएकाे भन्दै मन्त्रालय रिसाएकाे छ ।

जिल्ला खोप समन्वय समितिको बैठक बसेर बुधबार देखि ६० वर्षमाथिका र दिर्घराेगीलाई खोप दिने योजना बनेको थियाे । तर, उक्त निर्णय २४ घण्टा नहुँदै मन्त्रालयले रद्द गरेकाे थियाे ।

स्वास्थ्य मन्त्रालयकाे प्रवक्ता डा. संगिता काैशल मिश्रले पुस १९ गते लक्षित समुहमा खाेप दिने निर्णय हाललाई स्थगित भएकाे बताईन् । अहिले थप डाेज भन्दा पनि पहिलाे मात्रा बाँकी रहेकालाई दिनु पर्ने मन्त्रालयले स्पस्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले मनपरि निर्णय गरेकाे भन्दै परिवार कल्याण महाशाखा प्रमुख डा विवेक लालमाथि कारबाही अगाडि बढाएकाे छ । मन्त्रालय उच्च स्रोतका अनुसार उनलाई स्पष्टीकरण साेध्न मंगलबार नै निर्देशन भएकाे छ ।

महाशाखाले  मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, संक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपणमा गरेका विरामीहरु, एचआईभी भएका विरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका विरामीहरुले समेत थप मात्रा खोप पाउने बताइएको थियाे ।

काठमाडौ र ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले समेत आजबाट थप डाेज लगाउने निर्णय गरेका थिए । परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले खाेप सल्लाहकार समितिकाे निर्णयअनुसार काम अगाडि बढेको बताए । ‘अन्तिम निर्णयकर्ता भनेको मन्त्रालयनै हाे’, उनले भने, मन्त्रालयले राेकेकाे छ । हाम्रो गल्ती भए यसलाई सुधार्ने छाैं।’ उनले गल्ति स्विकार्न र कार्वाही गरे भाेग्न तयार रहेकाे स्पष्ट पारे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ