प्रवेश गर्न नदिएपछि विद्यार्थीद्वारा नोबेलमा तोडफोड


काठमाडौं । अतिरिक्त शुल्क नतिर्नेलाई प्रवेश गर्न नदिएपछि विद्यार्थीद्वारा नोबेल मेडिकल कलेजमा तोडफोड भएको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नोबेलले मागेपछि  पीडित विद्यार्थीले विभिन्न निकायमा धाएका थिए । तर कलेज प्रशासनले उल्टै प्रवेश गर्न रोक लगाएको थियो । कलेजले प्रवेश निषेध गरेपछि विभिन्न विद्यार्धी संगठन मिलेर नोबेलको गेट फुटाएका छन् ।

गेट फुटाएर भित्र प्रवेश गरेका विद्यार्थीहरुले कलेज/ अस्पताल प्रशासनमा तालाबन्दी गरेका हुन् । अहिले नोबेलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ