निजामती कर्मचारीलाई सिभिल अस्पतालको सेवा हेटौडा अस्पतालबाट


हेटौडा । निजामती कर्मचारीलाई सिभिल अस्पतालको सेवा हेटौंड अस्पतालबाट प्रदान गरिने भएको छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको हेटौडा अस्पतालबाट निजामती कर्मचारी सेवा प्रदान गर्न सम्झौता हुन लागेको हो ।

सिभिल अस्पतालका प्रमुख कार्यकारी डा. विधाननिधि पौडेलले निजामती कर्मचारीलाई सेवा प्रदान गर्न सिभिल अस्पताल र हेटैडा अस्पतालबीच एमओयू हुन लागेको जानकारी दिए । त्यसका लागि आफू हेटौडा आइसकेको र साढे १० बजे सम्झौतामा हस्ताक्षर हुने उनको भनाइ छ ।

‘कर्मचारीलाई सिभिल अस्पतालबाट कर्मचारीलाई दिइने सेवा यहीबाट प्रदान हुन्छ । सातै प्रदेशमा एउटा- एउटा अस्पतालबाट हामी सेवा  प्रदान गर्न लागेका छौं । यसको सुरुवात हेटौडा अस्पतालबाट हुन्छ ।’, डा. पौडेलले भने ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, प्रमुख सचिव किरणराज शर्मा, केन्द्रको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका  उच्च अधिकारी र प्रदेश मन्त्रालयको उच्च अधिकारीको उपस्थितिमा निजामती अस्पतालको सेवा हेटैडा अस्पतालबाट दिने गरी सम्झौता हुन लागेको हो ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ