केएमसीमा शिक्षामन्त्री पौडेलको छापा !

२४ घण्टाभित्र शुल्क विवरण पेश गर्न निर्देशन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल शुल्क विवाद चलिरहेको भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन् ।

चिकित्सा शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिएको आरोपमा आन्दोलन चलिरहेको केएमसीमा शिक्षामन्त्री पौडेल भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई लिएर पुगेका हुन् ।

संयुक्त विद्यार्थी संगठनले केएमसीविरूद्ध आन्दोलन सुरु गरेपछि शिक्षामन्त्री पौडेल सिडिओलाई लिएर छापामार शैलीमा दुवाकोट पुगेका हुन् ।

हिजो मात्र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क लिएको विवादमा विद्यार्थीद्वारा तोडफोड र तालाबन्दी गरिएको थियो । भक्तपुरको केएमसीमा पनि त्यस्तै अवस्था सिर्जना भएपछि शिक्षामन्त्री आफैं गएर जानकारी लिएका छन् । उनले केएमसीका रवीन्द्र श्रेष्ठलाई भेटेर २४ घण्टाभित्र कागजात र शुल्कबारे रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ