स्वास्थ्य लाइभ फलोअप

नारायणहिटीमा बतासको अवैध संरचना हटाइयो


काठमाडौं नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्न बतास समूहले बनाएको संरचना भत्काइएको छ ।

मणिपाल मेडिकल कलेज, पशुपति धर्मशाला हुँदै नारायणहिटीभित्र छिरेको बतास समूहले बनाएको संरचना भत्काइएको हो ।

मणिपाल मेडिकल कलेज किन्दा कानुन मिचेको बतास समूहले नारायणहिटीमा कफीसपका लागि संरचना निर्माण गर्दा पनि कानुन उल्लंघन गरेको थियो ।

चौतर्फी आलोचना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा छानबिन समिति बनाएपछि हतारहतार अवैध संरचना भत्काएको हो ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले छानबिन समितिले काम थालेसँगै संरचना भत्काएको छ ।

 समितिका प्रमुख भेषनारायण दाहालसँगको मिलेमतोमा बतास समूहले नारायणहिटीभित्र अवैध संरचना धमाधम बनाइरहेको थियो । मन्त्रालयले छानबिन समिति नै बनाएर कारबाही प्रक्रिया थालेपछि उनले चलाखीपूर्ण ढंगले संरचना भत्काएको संग्रहालयका अधिकारीहरुको आरोप छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतासले बनाएको संरचना नभत्काए आफैं आएर भत्काउने चेतावनी दिएपछि दाहालले हतारहतार भत्काउन लगाएको समितिका अधिकारीहरुको भनाई छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ