कुवेतका लागि नर्सिङ छनाेट प्रक्रिया सुरु


काठमाडौं । कुवेतको स्वास्थ्य मन्त्रालयले नेपालबाट लैजाने नर्सका लागि छनाेट प्रक्रिया सुरु गरेकाे छ । कुवेतकाे स्वास्थ्य मन्त्रालय, नर्सिङ काउन्सिलका पदाधिकारीले नेपालबाट लैजाने नर्सहरुकाे छनाेट प्रक्रिया सुरु गरेका हुन् । उनिहरुले राजधानीकाे हाेटल ह्वायत हाेटलमा नर्सहरुकाे लिखित तथा माैखिक परिक्षा लिन थालेका छन् ।
कुवेतकाे स्वास्थ्य मन्त्रालयले  नेपालबाट ७ सय २९ नेपाली स्वास्थ्यकर्मी मागेको थियाे । शनिवार, आइतबार र साेमबार परीक्षा लिने बताइएकाे छ ।  नेपालको ओमेगा इन्टरनेसनलले उक्त जनशक्ति व्यवस्थापनको जिम्मा लिएको छ ।

कवेतको स्वास्थ्य मन्त्रालयमा काम गर्न बिएस्सी नर्सिङ, स्टाफ नर्स, एचए, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्न स्वास्थ्यकर्मी माग भएको थियाे । न्यूनतम तलब १ लाख २५ हजार रुपैयाँ तोकेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ