कोरोना त्रास: काठमाडौं उपत्यकामा कडाईं गर्ने तयारी


काठमाडौं । उपत्यका तीनजिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भिडभाड हुने स्थानमा कडाईं गर्ने तयारी थालेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेतालाई कोरोना संक्रमण भएको र प्रधामन्त्री शेरबहादुर देउवा आइसोलेनमा बस्नु पर्ने अवस्था आएपछि तीन जिल्लाका सिडिओहरूको बैठक बस्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरको प्रमुख जिल्ला अधिकारीबीच  भिडभाड हुने स्थानमा अनौपचारिक छलफल चलिरहेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी )को निर्देशन अनुसार अगाडि बढ्ने तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।अनौपचारिक छलफल चलेपनि कडाईं गर्ने विषयमा सिसिएमसीसीको निर्णयअनुसार हुने उनको भनाइ छ ।

उपत्यकाका सिडिओबीच भिडभाड हुने स्थानमा कडाईं गर्ने तयारी भइरहेको अर्का एक सिडिओले बताए । सार्वजनिक स्थान मालपोत, सिनेमा हल, जिम हल, सुपर मार्केटमा कडाईं गर्ने आदेश जारी हुन सक्ने ति सिडिओको प्रतिक्रिया छ ।कोरोनाको संक्रमण बढेकाले त्यो निर्णयमा पुग्न सक्ने सम्भावना बढेको उनले बताए ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ