२५ जना भन्दा बढी भेला हुन नदिने स्वास्थ्यको तयारी


काठमाडौं ।  कोरोना त्रास बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन नदिने तयारी थालेको छ ।

कोभिड १९ को ओमिक्रोन भेरिएन्ट फैलिएसँगै स्वास्थ्य मन्त्रालयले उक्त तयारी थालेको हो । उपत्यकाका सिडिओहरुले भिडभाड हुने ठाउँमा कडाईं गर्ने छलफल सुरु गरेलगत्तै स्वास्थ्य मन्त्रालयल पनि आफ्नो तयारीमा जुट्न थालेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार १५ जना भन्दा बढी भेला हुन नदिने गरी निर्णय गर्ने तयारी भइरहेको छ । आजै त्यो निर्णय हुन सक्ने सम्भावना रहेको मन्त्रालय स्रोतको भनाइ छ ।

सिडिओहरुले कडाईं नगरे पनि मन्त्रालयले आफ्नो तयारी गर्न लागेको मन्त्रालय स्रोतले बतायो ।  लकडाउन गर्ने भन्दा सुरुमा भिडभाड नियन्त्रण गर्नतर्फ उपत्यकाका सिडिओ र स्वास्थ्य मन्त्रालयको तयारी देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ