मेडिकल काउन्सिल द्दारा लाइसेन्स परिक्षाकाे नतिजा सार्वजनिक


काठमाडौं । नेपाल मेडिकल काउन्सिलकाे लाइसेन्स परिक्षामा एमबिबिएस तर्फ ५० दशमलव ५८ प्रतिशत उत्तीर्ण भएका छन्। यस्तै डेन्टल (बिडिएस) तर्फ ४० दशमलव ९७ प्रतिशत उत्तीर्ण भएका छन्।

काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो।मेडिकल तर्फ एक हजार ७ सय ३४ जनाले आवेदन दिएकामा १२ जना अनुपस्थित भएका थिए। परीक्षामा एक हजार ७ सय २२ जना सहभागी भएका थिए। जसमध्ये ८ सय ५१ जना फेल भएका छन् भने ८ सय ७१ जना पास भएका छन्।

उता डेन्टल तर्फ ४ सय ३५ जनाले आवेदन दिएकामा ३ जना अनुपस्थित थिए। परीक्षामा ४ सय ३२ जना सहभागी भएकामा २ सय ५५ जना फेल भएका छन् भने १ सय ७७ जना पास भएको मेडिकल काउन्सिलले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ