औषधि खरिदसहित फास्ट ट्रयाकबाट काम गर्न स्वास्थ्यलाई अनुमति(सिफारिससहित)


काठमाडौं । औषधि खरिदसहित फास्ट ट्रयाकबाट काम गर्न स्वास्थ्यलाई अनुमति दिन सिफारिस गरिएको छ ।

कोरोनाकालमा ओम्नी काण्डमा मुछिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सीसीएमसीसीले उपचारलाई थप प्रभावकारी बनाउन तथा जनचेतना अभिवृद्धि, औषधि तथा औषधिजन्य सामान छिटोछरितो माध्यमबाट खरिद तथा आपूर्ति व्यवस्थापनका लागि सिफारिस गरेको हो ।

सीसीएमसीसी स्वास्थ्यलाई फास्ट ट्रयाकमा काम गर्ने बाटो खुलाउने सिफारिस गरेको छ । त्यस्तै सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित खोप केन्द्रमा खोपलाई अभियानका रुपमा अगाडि बढाउने सीसीएमससीको सिफारिसमा उल्लेख छ ।

सीसीएमसीसीको सिफारिस

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ