शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको बैठक बस्दै


काठमाडौं ।  कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस बमोजिम शैक्षिक संस्था बन्द गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयक बैठक बस्दै छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माकाअनुसार आज मन्त्रालयको बैठकले यसबारेका थप सूचना जारी गर्दै छ ।विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने उनको भनाइ छ ।

सीसीएमसीसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो हप्तासम्म शैक्षिक संस्था बिदा गर्ने प्रस्ताव लिएर मन्त्रिपरिषदमा जाँदैछ । त्यसैले शिक्षा मन्त्रालयको आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

स्वास्थ्य र शिक्षा मन्त्रालयको प्रस्ताव र सीसीएमसीसीको निर्णयअनुसार मन्त्रिपरिषद्ले थप निर्णय लिन सक्ने शिक्षाका अधिकारीहरू बताउँछन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ