सरकारले १४ अस्पतालकाे कोरोना रकम छानविन गरेरमात्र दिने 


काठमाडौं । सरकारले काराेना कालमा उपचार गरेका निजी अस्पतालहरुलाई छानविन गरेर मात्र सरकारले रकम उपलब्ध गराउने भएकाे छ । विभिन्न १४ निजी अस्पतालले काेराेनाकाे समयमा बिरामीको उपचार गर्दा लागेकाे रकममा निजी अस्पतालहरुले चलाखी गरेकाे गुनासाे बढेपछि छानविन गरेर मात्रै दिने निर्णय गरेकाे हाे ।

काेभिड-१९ संक्रमण उपचारबापत अस्पतालहरुलाइ अनुदान उपलब्ध गराउने सम्बन्धि आदेश २०७७ बमोजिम निजी क्षेत्रले सरकारले ताेके बमोजिम नि:शुल्क उपचार गराउने र त्यसकाे श्राेत भर्ना नेपाल सरकारले गर्ने बिषयमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबिच सम्झौता भएकाे छ । तर, १४ अस्पतालले सम्झौताविपरित शुल्क लिएर उपचार गरेकाे र त्यसकाे बिल समेत नि:शुल्ककाे नाममा मन्त्रालयसमक्ष पेश गरेकाे गुनासाे आएको आधारमा छानविन गरेर मात्रै रकम दिने निर्णय भएकाे हाे ।

२०७८ बैशाखदेखि २०७८ असार १५ गतेसम्म उपचार भएका बिरामीको विवरण छानविन गरि पठाउन जिल्ला प्रशासन कार्यालयलाई अनुराेध गरेकाे छ ।

छानविनमा परेका अस्पतालहरू

👉पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि, काठमाडौं

👉केएमसी हस्पिटल, काठमाडौं

👉 नेपाल मेडिकल कलेज, काठमाडौं

👉 इसान मेमोरियल अस्पताल, कञ्चनपुर

👉 नेसनल मेडिकल कलेज, वीरगञ्ज

👉 कलेज अफ मेडिकल साइन्सेज, भरतपुर

👉 चितवन मेडिकल कलेज, भरतपुर

👉 आम्दा अस्पताल, झापा

👉सामुदायिक आइसोलेसन वार्ड निर्माण उपभोक्ता समिति, स्वायम्भु

👉 किस्ट मेडिकल कलेज, ललितपुर

👉 गण्डकी मेडिकल कलेज, कास्की

👉 चुरेहिल अस्पताल, मकवानपुर

👉 खाङ्ग्री अस्पताल, काठमाडौं

👉 लर्ड बुद्ध एजुकेसन एकेडेमी लि., काठमाडौं

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ