खोप कार्ड नहुनेलाई गृहले लगायो सार्वजनिक सेवामा बन्देज


काठमाडौं । गृह मन्त्रालयले खोप कार्ड नहुनेलाई सार्वजनिक सेवामा बन्देज लगाउने निर्णय गरेको छ ।

गृह मन्त्रीस्तरीय निर्णयबाट सरकारले माघ ७ गतेदेखि खोप कार्ड नहुनेलाई सार्वजनिक सेवा नदिने भएको हो ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्णय कार्यान्वयन गर्न मन्त्रीस्तरीय निर्णय गर्दै  सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको हो ।

सार्वजनिक स्थलमा २५ जना भन्दाबढी भेला हुन गरी मेला, भेला, महोत्सवहरु नगराउन गृहले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ