काठमाडौंमा आजबाट यस्तो नियम लागू

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि आजबाट काठमाडौं उपत्यकामा नयाँ नियम लागू गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु जारी गरेको आदेश एउटै प्रकृतिको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन आजबाट लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् ।
घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने तथा स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।
माघ १५ गतेसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरू सञ्चालन गर्न नपाइने तथा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायत कार्यहरू गर्न नपाइने, सार्वजनिक सवारीसाधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइनेलगायतका आदेश जारी भएका छन् ।
औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने कुरालाई सिडिओले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशको सूचना
तपाईको प्रतिक्रिया दिनुहोस