डब्ल्यूएचओले युरोपमा बजायो खतराको घण्टी


काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले यूरोपमा खतराको घण्टी बजाएको छ ।

अबको एकदेखि डेढ महिनाभित्र युरोपमा कोरोनाको ओमिक्रोन भेरिएन्ट तिव्र रुपमा फैलिने डब्ल्यूएचओको ठम्याई छ । आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण डब्ल्यूएचओको छ ।

डब्ल्यूएचओका डा. हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको दाबी गरेका छन् ।डब्ल्यूएचओका डा. क्लुगका अनुसार सियाटलमा आधारित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले युरोपका ५० प्रतिशत जनसङ्ख्या आगामी ६ देखि ८ हप्तामा ओमिक्रोनबाट सङ्क्रमित हुने पूर्वानुमान गरेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ