कोरोना बढेपछि सिंहदरबार प्रवेश गर्ने पास खारेज गरियो

पत्रकार र सरसफाईकर्मीलाई प्रवेशमा सहज


काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै  सिंहदरबारभित्र प्रवेश गर्ने सबै प्रकारका  स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने जनाएको हो ।

अब उप्रान्त नयाँ सबै प्रकारका स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने गृहको सूचनामा उल्लेख छ ।

पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश दिने व्यवस्था गृह मन्त्रालयले मिलाएको छ । सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पहिला नै जारी भएका पास र आस्थायी परिचयपत्रहरुबाटै प्रवेश दिन गृहको निर्देशन छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ