स्वास्थ्यमा दुई सहसचिव थपिँदै


काठमाडौं । स्वास्थ्य सेवामा दुई सहसचिव थपिने भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको बढुवा समितिले स्वास्थ्य सेवाको एघारौं तह (सहसचिवसरह) पदमा बढुवाका लागि डा. लिसा गौचन र बन्दना थापाको नाम सिफारिस गरेको छ ।

बढुवा समितिको सचिवालयले आज एक सूचना प्रकाशित गर्दै प्रमुख कन्सल्टेण्ट प्योथोलोजिष्ट पदमा मागिएको दुई जनामा डा. गौचन र थापा नाम कार्यक्षमताको मूल्यांकन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस गरेको जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको बढुवा समितिले स्वास्थ्य सेवाको एघारौं तह प्रमुख कन्सल्टेण्ट प्योथोलोजिष्ट पदमा डा. गौचन र थापाको नाम गरेसँगै उनीहरुविरुद्ध बढुवा गर्नु नपर्ने कारणसहित उजुरी हाल्ने बाटो खुला भएको छ । सिफारिस नाममाथि कुनै उजुरी, बाधा अड्चन नभए एघारौं तहमा बढुवा हुने देखिन्छ ।

 

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ