सरकारले किन खारेज गर्दैछ सीटीईभीटी ?


काठमाडौं । सरकारले कानुनमार्फत प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) खारेज गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सीटीईभीटी खारेज गर्न नयाँ ऐन ल्याउने तयारी गरेको हो ।

शिक्षा मन्त्रालयले मस्यौदा गर्दै गरेको प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयकले प्रचलनमा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गर्ने भएको छ । विधेयकमा प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम परिषद्को परिकल्पना गरिएको शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए । प्रमुख कार्यकारीलाई कार्यकारी अधिकारसहितको नयाँ संस्था जन्माउन उक्त कानुनमा प्रस्ताव गरिएको छ ।

शिक्षामन्त्री अध्यक्ष, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रदेश सरकारको शिक्षा हेर्ने मन्त्री दुई जनामन्त्री, लोकसेवा आयोगका सदस्य, विश्वविद्यालयका एक उपकुलपति सदस्य रहने गरी बोर्ड गठन हुने सीटीईभीटी खारेज गर्ने नयाँ कानुनमा प्रस्ताव गरिएको ती अधिकारीको भनाइ छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ