मन्त्री तथा सचिवलाई कोरोना भएपछि मन्त्रिपरिषद् बैठक बसेन


काठमाडौं । मन्त्री, सचिवलाई कोरोना भएपछि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।
बिहीबार बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने/नबस्ने निश्चित भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतकाअनुसार आजको मन्त्रिपरिषद् बैठक बस्ने विषयमा मन्त्रीहरूलाई खबर गरिएको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलिया र शिशिरकुमार ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई कोरोना संक्रमित भएपछि धेरै मन्त्रीहरु अनुपस्थित भएका छन् । त्यसैले आजको मन्त्रिपरिषद्को बैठक अनिश्चित बनेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ