कोरोना फैलिएपछि कांग्रेसले गरायो स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) फैलिएपछि नेपाली कांग्रेसले स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्री विरोध खतिवडाको ध्यानाकर्षण गराएको छ ।
कांग्रेस सचेतक पुष्पा भुसाल पार्टी संसदीय दलकोतर्फबाट ८ बुँदे ध्यानाकर्षण पत्र बोकेर आज स्वास्थ्यमन्त्री खतिवडालाई भेट्न मन्त्रालय पुगेकी हुन् । परीक्षणको दायरा बढाउने बृद्ध, बृद्धा, दीर्घरोगी र बालबालिकालाई उच्च प्राथमिकतामा राख्न कांग्रेसले सचेत गराएको छ ।


खोप, अस्पताल, आइसोलेसन केन्द्रको व्यवस्थापनलगायतका विषयमा कांग्रेसले स्वास्थ्यमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको हो ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ