मणिपाल उडाउँने बतास नारायणहिटीमा रोकिने


काठमाडौं ।  भारतीय लगानीमा सञ्चालित पोखरास्थित मणिपाल मेडिकल शिक्षण अस्पताल हत्याउने बतास समूहलाई नारायणहिटी दरबार संङ्ग्राहलयमा रोक्ने पर्यटन मन्त्रालयको तयारी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहले नारायण हिटी सम्झौताविपरीत काम र ठेक्का मिलेमतो गरेको भन्दै बतास समूहसँगको ठेक्का रद्द गर्ने तयारी थाल्न निर्देशन दिएका हुन् ।

बनारायणहिटीमा बतास समूहलाई ठेक्का दिँदा भएको बदसासी थप अनुसन्धान गरेर मुद्दा चलाउन पर्यटन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगललाई पत्रचार गरिसकेको छ ।

मन्त्री आले नारायणहिटीमा प्रवेश गरेको बतास समूहलाई सधैँका लागि रोक्ने प्रयासमा छन् । नारायणहिटी व्यापारीलाई दिने काममा आफू नलाग्ने मन्त्री आलेको प्रतिक्रिया छ ।

मन्त्रालयको छानविन समितिले दोषी ठहर गरेपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिइसकेका छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ