मेडिकल शुल्क विवादमा सरकार- सञ्चालकबीच छलफल


काठमाडौं । निजी मेडिकलले विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा सरकार, सरोकारवाला र मेडिकल कलेजका प्रतिनिधिबीच छलफल सुरु भएको छ ।

मेडिकल कलेजले चर्को शुल्क लिएको विषयमा उजुरी परेपछि थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विषयमा कलेज सञ्चालकहरुलाई छलफलका लागि बोलाएको हो ।शिक्षा मन्त्रालय सिंहदरबारमा सबै पक्षकाका प्रतिनिधि राखेर छलफल भइरहेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेल, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल कलेज सञ्चालक, विद्यार्थी, अभिभावक लगायत छलफलमा उपस्थित छन् । यो विषयमा उचित निर्णय लिएर समस्या समाधान गर्ने शिक्षामन्त्री पौडेलको तयारी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ