अग्रपंतिमा खटिने व्यक्तिहरूलाई आइतबारदेखि बुस्टर डोज


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार (२ गते)देखि अग्रपंतिमा खटिने व्यक्तिहरु (फन्टलाइनर)लाई कोभड-१९ विरुद्धको बुस्टर डोज खोप लगाउने निर्णय गरेको छ ।

२०७८ पुस २८ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट अग्रपंतिमा खटिने व्यक्तिहरुलाई माघ २ गतेदेखि कोभिड-१९ विरुद्धको बुस्टर मात्रा लगाउन निर्देशन दिइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको अन्तर्गतको परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरू बुस्टर मात्रा लगाउन आवश्यक व्यवस्थाका लागि परिपत्र गरेको छ ।

परिवार कल्याण महाशाखाको परिपत्रमा माघ १४ गतेदेखि ६०  वर्ष र माथिका नागरिकहरूलई कोभिड-१९ विरुद्धको पहिले लगाएकै खोपको पूर्ण मात्र लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर मात्रा लगाउन आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ