नारायणहिटी प्रकरणमा पर्यटनमन्त्री आले र पूर्वमन्त्री भट्टराई मैदानमा


काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्दा विवादमा तानिएको बतास समूहका कारण पर्यटनमन्त्री प्रेम आले र पूर्व पर्यटनमन्त्री योगेश भट्टराई आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

बतासलाई नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट खोल्न दिने विषयमा पूर्व पर्यटनमन्त्री भटृराई र पर्यटनमन्त्री आलेबीचको संघर्ष तस्करीको पोल खोलाखोलसम्म पुगेको छ ।

प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पूर्व पर्यटनमन्त्री भटृराईले आलेलाई काठ तस्करको आरोप लगाएका थिए । फेरि पर्यटनमन्त्री आले पूर्व पर्यटनमन्त्री भटृराईलाई हतियार तस्कर गरेको आरोप लगाएका छन् । ताप्लेजुङबाट आएर हतियार खरखजना बेचेर काठमाडौंमा घर बनाएको उनको दाबी छ । उनीहरुले गरेको विगतको गल्ती खोलेर आफ्नो हैसियत देखाउन दुबै जना तम्सिएका छन् ।

मन्त्री भट्टराईको बतास समूहमा अदृश्य लगानी रहेको आलेको आशंका छ । आफूले रक्सी ल्याएर पर्यटन बोर्डको सिईओ फसाउन खोजेको पूर्व पर्यटनमन्त्री भटृराईको दाबी छ । यो काण्डले दुबैको चरित्र उदांगो बनाइदिएको छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ