प्रधानमन्त्रीलाई भेट्दा मास्क नलगाएको फोटो भाइरल भएपछि बोले योगेश


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट्दा मास्क नलगाएको फोटो भाइरल भएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिक्रिया दिएका छन् ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख समेत रहेका भट्टराईले कोभिड- १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन जाँदा मास्क नलगाएको भन्दै आलोचना भएको थियो । तर भट्टराईले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदन्डलाई पूर्ण पालना गरेको र ध्यानाकर्षणपत्र वाचनकाक्रममा मात्र माक्स खोलेको दाबी गरेका छन् । ‘तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा माक्स लगाउन भुलेको बारेमा संचारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु ।’, उनले भनेका छन् ।

माक्सवादी स्कुलिङमा हुर्किएकाले हुनुपर्छ एमाले सचिव भट्टराईले मास्कलाई माक्स बनाइदिएको भन्दै सामाजिक सञ्जालमा फेरि उनीमाथि अर्को व्यंग्य प्रहार भएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ