‘ओमिक्रोन’ सुरु भएसँगै मृत्युको संख्या बढ्यो


काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ र आक्रामक भेरिएन्ट ओमिक्रोन २० मंसिरमा पुष्टि भएको थियो । पुस १६ गते देखि क्रमश कोरोना संक्रमित नेपालमा बढ्दै गएको बिभिन्न तथ्यांकहरुले देखाएको छ । केस बढ्दै जाँदा २३ पुसमा थप २४ जनामा ओमिक्रोन संक्रमण देखियो ।

गत १६ पुसमा ४८७९ जना एक्टिभ संक्रमित थिए । तर यो १५ दिनमा तीन गुणा बढीले एक्टिभ संक्रमित थपिएका छन् । जसले गर्दा शनिवार १६ हजार ७ सय ५ जना नयाँ एक्टिभ संक्रमित पुगेका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्छन् जति संक्रमितको संख्या बढेको छ त्यो अनुपातमा आइसियु र भेन्टिलेटर पुग्नेहरु बढेका छैनन् । तर, तयारी अवस्थामा बस्नुपर्ने अवस्था भने देखिएको छ ।

नेपालमा ओमिक्रोन सुरु भएसँगै मृत्युको संख्यापनि बिस्तारै उकालो लाग्न थालेको छ । शुन्यमा पुगेको मृत्यु पुस २५ देखि बिस्तारै उकालो लाग्न थालेको तथ्यांकले देखाएको छ । तर, ओमिक्रोनकै कारण मृत्यु भएको दाबी गरिएको छैन ।

तथ्यांक अनुसार २४ पुसमा शुन्य रहेको मृत्यु माघ १ मा पुग्दा ४ जनाको मृत्यु भएको छ । मृत्युको विषयमा शनिवार सरकारी अधिकारीहरुले बृहत छलफल गरेपनि परिक्षण नगरिएकाले ओमिक्रोनले भएको हो वा हैन भन्ने टुंगोमा पुगेका छैनन् । यसका लागि सरकारले मृत्यु भएकाहरुको विवरण संकलन थालेको छ ।

गत २१ पुसमा कोरोनाबाट भएको मृत्यु शुन्य थियो । २२ गते एक जना, २३ गते शुन्य, २४ गते शुन्य २५ गते दुई, २६ गते दुई, २७ गते एक, २८ गते दुई, २९ गते एक, ३० गते तीन र माघ १ गते चार जनाको मृत्यु भएको छ ।

ओमिक्रोनबारे क्यानडामा एउटा अध्ययन गरिएको थियो । उक्त अध्ययनले भनेको छ, १४ हजार डेल्टाबाट संक्रमित हुदा १७ जनाको मृत्यु भएको थियो भने, ११ हजार ६ सय २२ जना ओमिक्रोन संक्रमित हुदा ३ जनाको मृत्यु भएको थियो । यो अध्ययन नेपालमा पनि मिल्दो जुल्दो देखिएको छ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण प्रसाद पौडेलले भने ।

नेपालमा पनि ओमिक्रोन पुष्टिसँगै संक्रमित तिब्र रुपमा बढेको १५ दिनमा १६ हजार ७ सय ५ जना एक्टिभ संक्रमित थपिएका छन् । क्यानडाको रिर्पोटलाई आधार मान्नु र मृत्युको संख्या बढ्नुले ओमिक्रोनको आशंका उब्जिएको अधिकारीहरुले बताएका छन् । मृत्युदर डेल्टामा भन्दा तेब्बरले कम ओमिक्रोनमा देखिएको छ ।

दोस्रो छालमा तुलनात्मक रुपमा नेपालमा डेल्टा ५ हजार एक्टिभ संक्रमित हुदा औषतमा मृत्यु ९ जना थियो । महाशाखाका निर्देशक डा पौडेलका अनुसार केही फाट्ट फुट्ट डेल्टा भएपनि अहिले जति फैलिएको छ त्यो ओमिक्रोन नै हो ! केही दिन यता नेपालमा मृत्यु बढेको छ । तर, मृत्युको कुरालाई ओमिक्रोनले बढेको भनेर परिक्षण नगरी दाबी गर्न सक्ने अवस्था भने छैन ।

काठमाडौंमा कहाँ कति केस
काठमाडौंमा हाल सबैभन्दा बढी संक्रमण फैलिएको छ । बढी भिडभाड हुने ठाउँ भएकाले पनि यस क्षेत्रमा कोरोनाले बढी असर गरेको छ । देशभर २१ हजार ५ सय ८४ एक्टिभ केस हुदा काठमडौंमा मात्रै ५ हजार ५ सय १५ जना एक्टिभ संक्रमित छन् । शनिवार मात्रै काठमाडौंमा १ हजार ७ सय ५ जनाको कोरोना पुष्टि भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको तथ्यांक अनुसार काठमाडौं महानगरपालिका भित्र ३ हजार ८ सय ८ जना सक्रिय संक्रमित छन् । त्यस्तै दक्षिणकालीमा २३ जना, किर्तिपुरमा १४८ जना, चन्द्रागिरीमा १ सय ६ जना, नागार्जुनमा १ सय ४४ जना, तार्केश्वर नगरपालिकामा ७९ जना, टोखामा १ सय ५० जना, बुढानिलकण्ठमा ३ सय ४ जना, गोकणेश्वरमा ८४ जना, कागेश्वरी मनोहरा नगरापालिकामा १ सय ४९ जना, शंखरापुरमा १६ जना देखिएको छ । आर्मि अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा १ जना, ठेगाना नखुलेका ४ सय ९९ जना पुष्टि भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ