सरकारले कोरोनाको पिसिआर शुल्क घटाउन समिति बनायाे


काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को पिसिआर परीक्षण (टेष्ट) शुल्क घटाउन समिति गठन गरेकाे छ । प्रमुख विशेषज्ञ डा गुणराज लाेहनीकाे संयाेजकत्वमा समिति गठन गरेकाे छ । एक हजार शुल्क ताेक्ने  निर्णय सुनाउन मन्त्रालय बाेलाएका निजि क्षेत्रकाे असहमति पछि समिति गठन भएकाे हाे । उक्त समितिले अध्ययन गरेर कित ताेक्दा उचित हुन्छ भनेर रिपोर्ट बुझाएपछि निर्धारण हुने छ । समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला निर्देशक डा रुणा झा, स्टार अस्पतालका संचालक गाेविन्द अकेला लगायत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा कोरोना पिसिआर टेष्ट शुल्क १ हजारमा झार्न दबाब दिएका थिए । यसअघि पनि सरकारले पिसिआर टेष्ट गर्दा दुईहजार मात्र लिन पाउने निर्णय गरेकाे थियाे ।  त्यही निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको सरकारले अहिले फेरि पिसिआर टेष्ट शुल्क १ हजारमा झार्न खोजेकाे थियाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ