राष्ट्रिय सभामा अध्यक्ष तिमिल्सिनापछि कोमल वलीलाई कोरोना


काठमाडौं । कोरोनाको तेस्रो लहर राष्ट्रिय सभामा पनि छिरेको छ ।  राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको केही दिनमै राष्ट्रिय सभा सदस्य कोमल वलीलाई पनि कोभिड पोजेटिभ भएको हो ।

नेकपा एमालेकी नेता कोमल वलीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमा आफू संक्रमित भएको खुलाएकी छिन् । नेकपा एमालेको नेतृ समेत रहेकी राष्ट्रिय सभा सदस्य  वलीले सामाजिक सञ्जालमार्फत आफू राष्ट्रिय सभा चुनावमा पार्टीका उम्मेदवारलाई सघाउन जाने तयारीमा रहँदा संक्रमित भएको बताउँदै घरमै आइशोलेशनमा रहेको जनाएकी छिन् ।

प्रतिनिधि सभाका सदस्यहरुमा पनि व्यापक रुपमा कोरोनाको संक्रमण देखिएको छ । सरकारका आधा दर्जन बढी सचिव र मन्त्रीहरुलाई समेत कोरोनाले छोडेको छैन । राष्ट्रिय सभामा पनि यसपटक कोरोना संक्रमितको संख्या बढ्ने सम्भावना देखिएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ