मन्त्रीज्यू, मास्क खोई ?
काठमाडौं । स्थानीय तहको निर्वाचनको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा कानुनविद्हरुसँग भएको छलफलको निष्कर्ष सुनाउने बेलामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बिना मास्क झुल्किए ।
गत पुष ३० गते मन्त्रिपरिषद्ले जारी गरेको आदेश सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने । कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने । मास्क लगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने भनेका थिए । उनै मन्त्री कार्की भने आफैंले सुनाएको निर्णयविपरीत मास्क नै नलगाई बालुवाटारमा पत्रकारसमक्ष प्रस्तुत भएका छन् ।
उनलाई पाँच रुपैयाँ लिएर मास्क उपलब्ध गराउने व्यवस्थापक कोही पनि भेटिएन तर सामाजिक सञ्जालमा मन्त्रीज्यू, मास्क खोई भन्ने चाहीँ ब्यापक भेटिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस