मेडिकल कलेज सञ्चालक सुनिल शर्मा किन गए अमेरिका ?


काठमाडौं । बिराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक सुनिल शर्मा अमेरिका गएका छन् ।

शिक्षा मन्त्रालयबाट निस्कने क्रममा विद्यार्थी संगठनमा आबद्ध व्यक्तिहरुले कालोमसो दलेपछि पछिल्लो समय सार्वजनिक कार्यक्रममा खासै देखा नपरेका शर्मा अमेरिका गएका हुन् । उनीमाथि विद्यार्थीसँग बढी शुल्क लिएको कसूरमा ठगीमा मुद्दा चलाउन गृह मन्त्रालयलाई चर्को दबाब छ ।

शर्माले चलाएको केएमसी मेडिकल कलेजमा तालाबन्दी गरिएको छ । शिक्षामन्त्री देबेन्द्र पौडेलले शर्मामाथि ठगी मुद्दा चलाउन गृहमन्त्री बालकृष्ण खाँणसँग भेटेपछि शर्मा अमेरिका हिँडेको शिक्षा मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ