विश्व सिमसार दिवस

स्मरणमा स्वास्थ्य मन्त्रालयको आडमा रहेको त्यो सिमसार


काठमाडौं । आज विश्व सिमसार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

‘भविष्यका लागि सिमसार, दिगो जिविकोर्पाजनका लागि आधार’ भन्ने नारासहित नेपालमा मनाइएको सिमसार दिवसले वर्तमानलाई नै झड्का हानेको छ ।

सिमसार दिवस र उक्त दिवसको दिन तय गरिएको नाराले स्वास्थ्य मन्त्रालयसँगै माइतीघरमा रहेको सिमसार क्षेत्रको स्मरण गराईदिएको छ ।

सिंहदरबारको नजिकै स्वास्थ्य मन्त्रालयको आडमा रहेको सिमसार क्षेत्र मासेर  जिल्ला र विशेष सरकारी वकील कार्यालय बनाउँदा टुलुटुलु हेरेर बसेको वन तथा भू-संरक्षण मन्त्रालयले ‘भविष्यका लागि सिमसार, दिगो जिविकोर्पाजनका लागि आधार’ भन्ने नारासहित सिमसार दिवस मनाएर आफ्नै खिल्ली उडाएको छ ।

वर्तमानमा आफ्नै अगाडि रहेको सिमसार क्षेत्र जोगाउन नसकेको वन मन्त्रालयल अन्तर्गतको राष्ट्रिय सिमासर समिति भविष्यका लागि सिमसार भन्ने नारा लगाएर सिमसार क्षेत्र भविष्यका लागि रहने अवस्था देखिँदैन ।

सिंहदरबार अगाडि स्वास्थ्य मन्त्रालयसँगै जोडिएको सिमसारको अस्तित्व समाप्त पार्दा लाचार बनेको वन मन्त्रालय र राष्ट्रिय सिमसार समितिले नेपालका सिमसार जोगाउन सक्छ भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ । सिमसार दिवस र त्यो दिवसका लागि तय गरिएको नाराले आज स्वास्थ्य मन्त्रालयको आडमा रहेको सिमसारको याद दिलाएको छ ।

क्याटेगोरी : सार्वजनिक सरोकार
ट्याग : #'भविष्यका लागि सिमसार, #दिगो जिविकोर्पाजनका लागि आधार', #राष्ट्रिय सिमसार समिति, #वन मन्त्रालय, #सरकारी वकील कार्यालय, #सिमसार, #सिमसार दिवस, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ