स्कूल खोल्न निजी विद्यालय सम्बद्ध संस्थाहरूको दबाव


काठमाडौं । निजी विद्यालयसँग सम्बद्ध प्याब्सनलगायतका संस्थाहरुले विद्यालय खोल्न सरकारलाई दबाव दिएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा निजी विद्यालयसँग सम्बद्ध संस्थाहरू फागुनदेखि विद्यालय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका हुन् ।

कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनले ल्याएको तेस्रो लहर रोकथाम तथा नियन्त्रण गर्न भन्दै गृह मन्त्रालय र सीसीएमसीसीले माघ मसान्तसम्म विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । त्यसविपरीत काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि नै संस्थागत तथा सामुदायिक विद्यालयहरु खोल्न दिने निर्णय गरिसकेको छ ।

कोरोनाले कुन रुप लिन्छ भन्ने अहिले पनि स्पष्ट भइसकेको छैन । दैनिक हजारौंको संख्यामा संक्रमित फेला परिरहेका छन्  तर निजी विद्यालयका सञ्चालकहरू विद्यालय खोल्नुपर्छ भन्ने लबिइङमा लागेका छन् । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीकाअनुसार निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरू स्कूल खोल्नका लागि तीव्र लबिइङमा लागेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उनीहरूले त्यही कुरामा जोड दिएको ती अधिकारीले बताए ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ