अल्फा र एनपिएलले विमानस्थलमा पीसीआर परीक्षण गर्न अनुमति पाए


काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा युएई जाने यात्रुहरुको पीसीआर परीक्षण गर्न अल्फा डायग्नोष्टिक सेन्टर र एनपिएल काठमाडौंले अनुमति पाएका छन् । यी दुबै ल्याब ‘ए’ अर्थात उच्च क्षमताका प्रयोगशाला हुन् । यसअघि स्टार, सुमेरूलगायतका ल्याबलई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले  पीसीआर परीक्षणका लागि अनुमति पाइसकेका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २१ माघमा अनुगमन गरी यी प्रयोगशालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा युएई जाने यात्रुहरुको पिसिआर परिक्षण गर्न अनुमति दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार प्रयोगशाला सञ्चालनसम्बन्धी कार्यविधि, २०७८ अनुसार अनुगमन गर्दा अनुमति दिन पर्याप्त आधार भएपछि दिइएको हो । अन्य ल्याबहरुको पनि अनुगमन गरेर कार्यविधिअनुसारको मापदण्ड पूरा गरेको भए अनुमति दिने एनपिएचएलका एक अधिकारीले स्वास्थ्य लाइभलाई जनाए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ