यस्ता पनि सप्लायर्स छन्ः जसले जोखिममा राज्यलाई सहयोग गर्छन् !


काठमाडौं । नेपालमा मेडिकल सामाग्री खरिद गरेर ल्याउने दर्जनौं सप्लायर्स छन् । तर, अधिकांशले विभिन्न बाहना गरेर समयमा ल्याउदैनन् । ल्याए पनि समय गुजारेर मात्रै सरकारलाई दिने गर्छन् । व्यवस्थापन महाशाखाकाअनुसार कतिपय सप्लायर्सले केही समान ल्याउन बाँकी हुँदै पूरै भुक्तानी माग्ने गरेका छन् ।

भुक्तानी दिएको खण्डमा छुटेका सामान नल्याउने परिपाटी स्वास्थ्यमा सामान खरिद गर्ने सप्लायर्सहरूको नियत छ । तर, यस्ता पनि सप्लायर्स छन् जसले आफ्नो फाइदा भन्दामाथि राज्य र नागरिकको स्वास्थ्यलाई पनि ध्यानमा राख्ने गरेका छन् । यसको पछिल्लो उदाहरण नेपालको पहिलो सप्लायर्स कम्पनी ईस्ट वेस्ट कन्सर्न हो । कोभिड सुरु भएपछि नेपालले मेडिकल उपकरण भित्र्याउन सकेको थिएन ।

सरकार आफैंले खरिद गर्दा समेत असहज भएका उपकरण निजी सप्लायर्सले ल्याउने कुरा बिरलै थियो । तर, ईस्ट वेस्ट कन्सर्नले आफैले चार्टर विमान प्रयोग गरेर एमआरआई ल्याएर सहयोग गर्दिएको छ । नेपालमा ल्याइने एमआरआई कलकत्तामामार्फत आउँछ । तर, कोभिडले कलकत्तामा एमआरआई आएको छैन ।

कोरोनाको संक्रमण तीव्ररुपमा फैलिरहेकाले पनि कलकत्तामा एमआरआई मेसिन नआएको हो । ईस्ट वेस्ट कन्सर्नले सशस्त्र प्रहरीको मागअनुसार जर्मनबाट चार्टर्ड विमान प्रयोग गरेर १ दशमलब ५ टेस्ला एमआरआई मेसिन दिएको थियो ।

महामारीको समयमा पनि अत्यावश्यक परेको मेडिकल उपकरण दिएको भन्दै सशस्त्र प्रहरी दिवसमा ईस्ट वेस्ट कन्सर्न प्रा.लि.लाई सम्मान गरिएको छ ।

ईस्ट वेस्ट कन्सर्नले सशस्त्र प्रहरीलाई महामारीमा भेन्टिलेटर पनि सहयोग गरेको सेल्स प्रमुख सुदिपकुमार ओलीले जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ