उपत्यकामा जोरबिजोर हट्याे, सीडीओको आदेश आउँदै
काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड-१९ को कारण देखाउँदै निजी तथा ट्याकसीमा लगाइएको जोरबिजोर प्रणाली हट्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरिसकेको छ । सीडीओले जोरबिजोर प्रणाली हटाएको आदेश जारी गर्न तयारी गरेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका एक अधिकारीले स्वास्थ्य लाइभलाई जानकार दिए ।
सीसीएमसीसीको सिफारिसअनुसार जोरबिजार हटाइएकाे ती अधिकारीहरुको भनाई छ। १४ माघ बाट जाेरबिजाेर प्रणाली खुकुलो बनाइए पनि ट्याक्सी र निजी सवारीसाधनमा जोरबिजोर कायमै थियो । आजको सीडीओहरुको संयुक्त बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । जोरबिजोर प्रणाली हटाएको भनेर सीडीओ कार्यालयले सूचना जारी गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, विविधट्याग : #काठमाडौं उपत्यका, #जोरबिजोर प्रणाली, #सीडीओ
तपाईको प्रतिक्रिया दिनुहोस