मन्त्रीको सहमतिबिना स्वास्थ्यमा प्रशासनतर्फको सचिव
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्यमा हस्तक्षेप सुरु गरेको छ । सोझो प्राविधिक सचिवको फाइदा उठाउँदै सरकारले स्वास्थ्यमा प्रशासनतर्फको सचिव पठाउने निर्णय गरेको छ ।
कतिपयले प्रधानमन्त्री कार्यालयमा फालाफाल सचिव भएकाले तह लगाउन स्वास्थ्यमा एक जना पठाएको बताएका छन् भने कतिले स्वास्थ्यमा प्रशासनकै सचिव चाहिन्छ भन्ने उदेश्यले पठाएको बताएका छन् ।
स्रोतकाअनुसार स्वास्थ्यमा रामप्रसाद थपलिया पठाउने तयारी भएको छ । यसबिचमा कुनै चलखेल नभए स्वास्थ्य सचिवको हैसियतमा थपलिया जाने निश्चत भएको प्रधानमन्त्री कार्यालय स्रोतले स्वास्थ्य लाइभलाई बतायो । यस अगाडि पनि स्वास्थ्यमा जनसंख्या र स्वास्थ्य हेर्ने गरी दुई सचिव राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिवको भूमिकामा थपलिया दोस्रोपटक जानेभएका छन् । शिक्षा मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका उनी सीसीएमसीसीका संयोजक समेत हुन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस